• १९ मंसिर २०८१, बुधबार

नेपाल र चीनबिच आठ सहमतिपत्रमा हस्ताक्षर

blog

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा मङ्गलबार ग्रेट हल अफ पिपलमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा दुई देशका अधिकारीद्वारा हस्ताक्षर गरिँदै । तस्बिर प्रधानमन्त्रीको सचिवालय

प्रकाश सिलवाल

बेइजिङ, चीन मङ्सिर १८ गते । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे । 

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।