• ४ जेठ २०८१, शुक्रबार

सूर्यविनायकमा एमाले विजयी

blog

भादगाउँ, जेठ ५  गते ।  भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन् । 

प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सरिता खतिवडाले जानकारी दिनुभयो । थापा १४ हजार ७५८ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गर्नुभयो । 

त्यसैगरी उपप्रमुखमा भट्टराई १४ हजार ४९० मतसहित निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका श्याम बस्नेतले ६ हजार ६६१ मत प्राप्त गर्नुभयो । 

एमालेका उम्मेदवार वडा नं १, ५, ७, ८ र १० वडामा तथा बाँकी ५ वडामा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।