• १३ साउन २०८१, आइतबार

हुम्लाको चङ्खेलीमा स्थगित भएको मतगणना कार्य सुुरु

blog

चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना कार्य सुुरु । तस्विरः राजन रावत

हुुम्ला जेठ ५ गते । चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना कार्य सुुरु भएको छ । पुनःमतदान भएपछि चङ्खेली गाउँपालिका–२ को महादेब मावि मतदान केन्द्रमा विहीबार विहानै देखि मतगणना कार्य सुुरु भएकोे निर्वाचन अधिकृत हेमकुुमार ढकालले जानकारी दिनुुभयो । 

मतगणना काय तोकिएको समयमै सुरु गरेर सम्पन्न गर्ने तयारीमा कार्यालय जुटेको जनाएको छ । चङ्खेलीका ४, ५ र ६ वडामा मतगणना कार्य सम्पन्न भई सकेको छ ।  पुुनः मतदान भएको उक्त केन्द्रमा ७८० मत खसेको थियो । बिबादपछि पुनः मतदान कार्य भएको उक्त केन्द्रमा शान्तिपुर्ण मतदान कार्य सम्पन्न भएको हो  । केन्द्रमा ८६ दशमलव ३७ प्रतिशत मत खसेको थियो । मतदान कार्य ६ बजेर ४० मिनेट जाँदासम्म भएको थियो । कुुल खसेको मतमा  ३९५  पुुरुष र  ३८५ महिलाले मतदान गर्नु भएको छ । 

उक्त मतदान केन्द्रमा ९०३ जना मतदाता रहनुु भएको छ । बैशाख ३० गते मतदानमा ३९० जनाले मात्र मत खसेको थियो । कम मत खसेको भन्दै गठबन्धन दलहरुले पून मतदान गर्नुपर्ने माग गरेका थिए । त्यसपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निष्कर्षमा पुुगेको थियो । 

उक्त गाउँपालिकामा गठबन्धनका दलका तर्फबाट अध्यक्ष पदमा गोबिन्दबहादुुर शाही र स्वतन्त्र उम्मेदवार प्यारीलाल शाहीबिच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ ।  

Author

राजन रावत