• १६ असार २०८१, आइतबार

पुनः मतदान भएको चङ्खेलीमा ८६ प्रतिशत बढी मत खस्यो

blog

राजन रावत

हुुम्ला, जेठ ४ गते । पूनः मतदान कार्य भएको चङ्खेली गाउँपालिका–२ को महादेब मावि मतदान केन्द्रमा ८६ दशमलव ३७ प्रतिशत मत खसेको छ । बिबादपछि पुनः मतदान कार्य भएको सो केन्द्रमा शान्तिपुर्ण मतदान कार्य सम्पन्न भएको हो ।

बिहान ७ बजेबाट सुुरु भएको मतदान कार्यमा मतदाताको उत्साहपुर्वक सहभागिता जनाउँदै मतदान कार्य सम्पन्न भएको छ । प्रमुुख जिल्ला अधिकारी सीता परियारकाअनुुसार पूनः मतदान भएको महादेब मावि मतदान केन्द्रमा ७८० मत खसेको छ । 

मतदाताको उलेख्य सहभागिता रहेको उहाँले बताउनुभयो । मतदान कार्य ६ बजेर ४० मिनेट जाँदासम्म भएको उहाँले बताउनुुभयो । कुुल खसेको मतमा ३९५  पुुरुष र ३८५ महिलाले मतदान गर्नुभएको छ । मतदान कार्य बेलुुका ५ बजेसम्म हुनुुपर्नेमा मतदाताहरु सो समयभित्र मतदानस्थलमा प्रवेश गरेकाकारण समय लम्बिएको छ ।

उक्त मतदान केन्द्रमा ९०३ जना मतदाता रहनुुभएको छ । बैशाख ३० गते मतदानमा ३९० जनाले मात्र मत खसेको थियो । कम मत खसेको भन्दै गठबन्धन दलहरुले पुनः मतदान गर्नुपर्ने माग गरेका थिए । त्यसपछि निर्वाचन आयोग पुनः मतदान गर्ने निष्कर्षमा पुुगेको थियो । सो मतदान केन्द्रमा सुुरक्षा ब्यवस्था कडा पारिएको थियो । मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको सुरक्षा निकायले जनाएको छ ।