काठमाडौँ, मङ्सिर १३ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस आधुनिक एवम् नवीन बन्दै गएको बताउनुभएको छ। कीर्तिपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले कांग्रेस सङ्गठित एवम् नवीन हुँदै गएको भनाइ राख्नुभयो।
महामन्त्री शर्माले भन्नुभयो, “स्थानीय तहलाई जनमुखी बनाउन कांग्रेसलाई बलियो बनाउन जरुरी छ। कांग्रेस बद्लेन, रुपान्तरण भएन त्यसैले म गएँ भन्नेलाई यो कीर्तिपुरको माटोको शपथ खाएर म भन्न चाहन्छु, कांग्रेस बद्लिदैछ, नवीन हुँदैछ। कांग्रेस नवीन भएर जवानु भनेको अरु दलमा पनि सकारात्मक प्रभाव पर्नु हो।”
उहाँले तत्कालीन अवस्थामा सुशील कोइरालाको नेतृत्वमा देशमा संविधान जारी भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “पुरानो कुरा छोडिदेऊ। अहिलेको जमानामा ताजा कुरा आउँदै गर्दाखेरी परतिरबाटै कमरेड प्रचण्ड मुठ्ठी बटार्दै जनमतसङ्ग्रह के हो भन्दै हिँड्नुभएको छ। यो देशमा संविधान बन्न नसकेर द्वन्द्व हुँदै गर्दाखेरी चार÷चार वटा कम्युनिस्ट नेताहरु लाइन् लागेर प्रधानमन्त्री हुँदै गर्दाखेरी एउटा सुशीला कोइराला नाम गरेको बुढो मान्छे भीष्मपिताहाको नेतृत्वमा संविधान बनेको बिर्सियो।”