• १३ मंसिर २०८१, बिहिबार

नेपालको संस्कृतिलाई विश्वमा पुर्‍याउन आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको माध्यमबाट समेत जोड्नुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले बुधबार आयोजना गरेको विश्व फलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा बोल्दै उहाँले धार्मिक रूपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनुपर्ने बताउनुभयो । यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा रामको मार्गदर्शन झनै व्यापक बन्दै गएको छ । विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तìवको पुनः जागरणमा जोड दिन आवश्यक छ ।”

दुई दिनसम्म चल्ने सङ्गोष्ठीमा भगवान् रामका विविध पक्षमा चर्चा गरिने छ । कार्यक्रममा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डेले नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पु¥याउन सहयोग गर्न समेत आग्रह गर्नुभयो ।