• १३ साउन २०८१, आइतबार

मेलम्ची नगर प्रमुखमा आइतमान र उपप्रमुखमा उमा विजयी

blog

मेलम्ची नगरपालिकामा निर्वाचित मेयर आइतमान र उपमेयर उमा

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ४ गते । मेलम्ची नगरपालिकाको प्रमुखमा काँगे्रसका आइतमान तामाङ र उपप्रमुखमा एमालेकी उमा प्रधान निर्वाचित भएका छन् । मेयर तामाङले ११ हजार २५८ मत ल्याउनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेको बालकृष्ण देउजाले ११ हजार १६५ मत ल्याउनु भएको छ । 

उपमेयर प्रधानले १० हजार १६४ मत र उहाँकी निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी कुमारी मोत्तानले ८ हजार ३६४ मत ल्याउनु भएको छ । उक्त नगरमा काँगे्रस र राप्रपाको गठबन्धन छ ।