• १३ साउन २०८१, आइतबार

गोदावरीको प्रमुखमा काँग्रेसका भट्ट र उपप्रमुखमा एमालेका रोकया विजयी

blog

चाँदनी आचार्य

घोडाघोडी(कैलाली) जेठ ४ गते । कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विरेन्द्र भट्ट विजयी हुनुभएको छ  । उहाँले नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई चार हजार २८५ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

काँग्रेसका उम्मेदवार वीरेन्द्रले १५ हजार पाँच सय नौ मत प्राप्त गर्नुभएको छ  भने प्रतिद्वन्द्वी  भट्टले ११ हजार दुई सय २४ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार शारदा देवी रोकाया विजयी हुनुभएको छ  । उहाँले १० हजार ६७० मत प्राप्त गर्नुभएको छ ।

गठबन्धनका नेकपा समाजवादीका उम्मेदवार रत्ना कडायतले नौ हजार ९८३ मत प्राप्त गर्नुभएको छ  । निवर्तमान उपप्रमुख कडायतलाई रोकयाले ६८७ मतान्तरले पराजित गर्नुभएको छ  ।