• ११ पुस २०८१, बिहिबार

पाटेबाघको छालासहित एक पक्राउ

blog

अखेटो पहारसहित पक्राउ परेको व्यक्ति । तस्बिर : कपिलबस्तु प्रहरी

नारद कोहार

तौलिहवा(कपिलबस्तु), मङ्सिर १० गते । कपिलवस्तुमा पाटेबाघको छाला (अखेटोपहार) सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीका अनुसार शिवराज नगरपालिका २ हल्लानगरमा वन्यजन्तु बाघको छालाको कारोबार हुँदैछ भन्ने विशेष सूचनाकाे आधारमा भट्टराईलाई पक्राउ गरिएको हाे ।

सादा पोशाकमा खटेका प्रहरी टोली करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडि बिहार बरण्डामा शङ्कास्पद अवस्थामा उभिएका रुपन्देही बुटवल उप महानगरपालिका-५ गोलपार्क बस्ने ४१ वर्षीया विष्णुप्रसाद भट्टराई पक्राउ परेका हुन् ।

खानतलासी गर्दा उनको साथमा रहेको सेतो प्लाष्टिकको बोरामा जङ्गली जनावर पाटे बाघको छाला बोराभित्र भेटिएकाे प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनुभयो ।

उक्त छाला टाउकोदेखि पुच्छरको फेदसम्म ६ फिट लम्बाइ भएको, पुच्छरको भाग २ फिट २ इन्च लम्बाइ भएको चार वटा दाह्रा, चारै खुट्टाको पञ्जाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो देखिने ३ वटा सानो प्वाल रहेको प्रहरीले जनाएको छ । बरामद वन्यजन्तुको छाला, लु. ५८ प. ९७५५ नम्वरको मोटरसाइकलसहित भट्टराईलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय चन्द्रौटा पठाइएको प्रहरीले जनाएको छ ।