• १४ वैशाख २०८१, शुक्रबार

गौतमबुद्ध विमानस्थलमा रावा बैङ्क

blog

 गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ४ गते । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैङ्किङ कारोबार राष्ट्रिय वाणिज्य बैङ्कमार्फत हुने भएको छ ।बैङ्कले सो विमानस्थलमा सम्पूर्ण बैङ्किङ कारोबार गर्न यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैङ्किङ सेवासुविधा प्रवाह गर्न बैङ्कले सोमबारदेखि पाँचवटा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो ।बैङ्कले विमानस्थलभित्र डिपार्चर काउन्टर, बोर्डिङ वेटिङ काउन्टर, एराइभल काउन्टर, कस्टम र कार्गो काउन्टर सञ्चालनमा ल्याएको हो ।

काउन्टरबाट विदेशी मुद्रा सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटीएम, पीओएस सेवा तथा अन्य बैङ्किङ कारोबार गर्न सकिने बैङ्कले जनाएको छ ।