• ६ मंसिर २०८१, बिहिबार

अग्यौली खानेपानी गण्डकी प्रदेशकै उत्कृष्ट

blog

मीना कँडेल

कावासोती, मङ्सिर ६ गते । कावासोती नगरपालिका-१६ को अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ। देशभरबाट सात वटा खानेपानी संस्था उत्कृष्ट घोषित भएकोमा गण्डकी प्रदेशबाट अग्यौली खानेपानी सर्वोत्कृष्ट भएको हो ।   

सरकारले राखेका सबै मापदण्ड पूरा गरेकाले उत्कृष्ट बन्न सफल भएकाले खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशको ११ वटा जिल्ला मध्य उत्कृष्ट संस्था घोषित भएको हो । 

२०६४ सालमा स्थापना भएको संस्थाले स्वच्छ र सर्वसुलभ रुपमा खानेपानी वितरण गरेको अग्यौली खानेपानी तथा सरसफाइ संस्थाका सचिव अर्जुन चालिसेले बताउनुभयो । अग्यौली खानेपानी संस्थाले कावासोती नगरपालिकाको मुख्य डण्डा बजारसहित यहाँका १४, १५, १६ र १७ वडामा बसोबास गर्ने करिब तीन हजार ग्राहक उपभोक्ताले पिउने पानी उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । भूमिगत जलस्रोतमा आधारित ओभरहेडमध्ये २ वटा सौर्यशक्तिबाट सञ्चालनमा रहेको संस्थाले जनाएको छ ।

२४ सै घण्टा डबल फिल्टर गरिएको पानी वितरण गरेको, पाँच युनिटभन्दा कम पानी उपभोग गर्ने ६ सय घरधुरीका उपभोक्तालाई न्यूनतम महसुल निःशुल्क गरेको, महिलाको नाममा धारा जडान गर्न आउने उपभोक्तालाई १५ प्रतिशत छुट गरिएको, चाडपर्वमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कार्यवाहक अध्यक्ष गोपाल श्रीपाइलीले बताउनुभयो । 

त्यस्तै चार वटा वडाको सिफारिसमा न्यून आय भएका १२ वटा धारा निःशुल्क जडान, धारा जडान गर्न नसक्नेहरुका लागि समूह बनाएर निःशुल्क मिटर जडान गरिदिने गरेको, जुनसुकै उपभोक्ताको मृत्यु भए पनि २५ हजार नगद र श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्ने लगायत काम गरिएकाले त्यसैको मूल्याङ्कनका आधारमा उत्कृष्ट भएको उहाँले विभिन्न सूचकहरु पार गरेर उत्कृष्ट हुन सफल भएको संस्थाले बुधबार पत्रकार सम्मेलनमार्फत पानीको स्वच्छता, व्यवस्थापन र दीर्घकालीन योजनामा संस्थाले दीर्घकालीन  योजना निर्माण गरेको जनाएको छ । ३ हजार उपभोक्ता रहेको संस्थामा न्यूनतम युनिट (५ युनिट) सम्म पुर्णरुपमा निःशुल्क पानी वितरण गरेको छ । संस्थाले कावासोती नगरपालिकाको वडा नम्बर १४ , १५ , १६ र १७ मा पानी वितरण गर्दै आएको संस्थाका कार्यवाहक अध्यक्ष गोपाल श्रीपाइलीले बताउनुभयाे ।

नवलपुर सदरमुकाम कावासोती वडा नं. १६ डण्डामा रहेको अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भएको छ । खानापानी तथा ढल व्यवस्थापन विभागले आफ्नो ५३ औं स्थापना दिवसका अवसर पारेर मङ्गलबार प्रमाण पत्रले सम्मान गरेको संस्थाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

संस्थाका कार्यवाहक अध्यक्ष गोपाल श्रीपाइलीले जानकारी दिए । २४ सै घण्टा डबल फिल्टर गरिएको पानी वितरण गरेको, पाँच युनिटभन्दा कम पानी उपभोग गर्ने ६ सय घरधुरीका उपभोक्तालाई न्यूनतम महसुल निःशुल्क गरेको, महिलाको नाममा धारा जडान गर्न आउने उपभोक्तालाई १५ प्रतिशत छुट गरिएको, चाडपर्वमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कार्यवाहक अध्यक्ष श्रीपाइलीले जानकारी दिनुभयो ।

त्यस्तै चारवटा वडाको सिफारिसमा न्यून आय भएका १२ वटा धारा निःशुल्क जडान, धारा जडान गर्न नसक्नेहरुका लागि समूह बनाएर निःशुल्क मिटर जडान गरिदिने गरेको, जुनसुकै उपभोक्ताको मृत्यु भए पनि २५ हजार नगद र श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्ने लगायत काम गरिएकाले त्यसैको मूल्याङ्कनका आधारमा उत्कृष्ट भएको उहाँले जानकारी दिनुभयो ।

तीन हजार उपभोक्ता रहेको यो खानी पानी उपभोक्ता संस्थाले महसुलबाट मासिक १० देखि १२ लाख रुपियाँ आम्दानी गर्ने गरेको जनाएको छ । भूमिगत पानीलाई सञ्चय गरेर फिल्टर गरी त्यसमा पनि क्यलोरिन हालेर वितरण गर्ने गरिएको संस्थाको भनाइ छ ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष ज्योति न्यौपाने ढकालले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव अर्जुन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।

जिल्लाको डण्डा स्थित अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भएको छ । अग्यौली खानेपानी संस्थाले बुधबार पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिएको हो ।

खानेपानी तथा ढल व्यवस्थापन भिभागको ५३ औं स्थापना दिवसका अवसरमा अग्यौली खानेपानीलाई सुरक्षित पिउने पानी, कार्यप्रगति र स्तर वृद्धिका आधारमा समग्र गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा गरेको हो ।

खानेपानी विभागले देशका ७ वटा प्रदेशका १ र १ उत्कृष्ट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था छनौट गरी प्रशंसापत्रद्वारा सम्मानित गरेको छ । सो अवसरमा संस्थाका कार्यवाहक अध्यक्ष गोपाल श्रीपाइलीले सम्पूर्ण उपभोक्ता,कार्य समिति, लेखा समिति, कर्मचारी तथा प्राविधिकहरूलाई बधाई दिंदै आगामी दिनमा पनि आम उपभोक्तामाझ शुद्ध पिउने पानी तथा गुणस्तरीय सेवा प्रदान गर्ने बताउनुभयो ।

२४ सै घण्टा डबल फिल्टर्ड पिउने पानी,महिला उपभोक्ताका नाममा १५ प्रतिसत धारा जडान शुल्कमा छुट, ५ युनिटसम्म खानेपानी खपत गर्ने ग्राहकको शुल्क मिनाहा, विपन्नलाई समूहगत धारामा जडान शुल्क मिनाहा जस्ता व्यवस्था अग्यौली खानेपानी आयोजनाले गरेको छ ।

पत्रकार सम्मेलनमा इन्जिनियर शेषकान्त पाण्डे, लेखा संयोजक दुर्गाबहादुर गुरूङ्, सचिव अर्जुन चालिसे,कोषाध्यक्ष ज्योति ढकाल, व्यवस्थापक वसन्त भण्डारीलगायतको उपस्थिति थियो ।