• ८ वैशाख २०८१, शनिबार

विराटनगर महानगर : प्रमुखमा काँग्रेसको अग्रता, छवटा वडाको परिणाम सार्वजनिक

blog

मोरङ, जेठ ३ गते । स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका नागेश कोइरालाको अग्रता कायम नै छ ।

पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका उम्मेदवार कोइरालाले नौ हजार र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सागर थापाले छ हजार ६६७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखमा नेकपा एमालेका शिल्पा कार्कीले सात हजार ६४६, जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले चार हजार ८४४, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले दुई हजार ३०२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले एक हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।

छवटा वडाको परिणाम सार्वजनिक
यसैगरी, विराटनगर महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष पदमा नेकपा एमालेका काजीबहादुर बस्नेतले एक हजार ९०० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजन न्यौपानेले एक हजार ५९१ मत प्राप्त गर्नुभएको थियो ।

वडा नं २ मा वडाध्यक्ष पदमा नेकपा एमालेका कुमार पोखरेलले एक हजार ३१२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी राप्रपाका पवनकुमार सुरानाले एक हजार २६९ मत प्राप्त गर्नुभएको थियो ।

वडा नं १३ मा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उद्धव भुजेलले ७५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार महर्जनले ६८५ मत प्राप्त गर्नुभएको थियो ।

वडा नं १७ मा वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका समिर कमरले एक हजार ४५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका असलम आलमले ९४४ मत प्राप्त गर्नुभएको थियो ।

साथै वडा नं १८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार जीतेन्द्रकुमार साहले ६१६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका दिनेशकुमार यादवले ६२४ मत प्राप्त गर्नुभएको थियो ।

वडा नं १९ मा वडाध्यक्ष पदमा नेकपा एमालेका श्याम घिमिरेले ९८७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने नेपाली काँग्रेसका उदय राजवंशीले ९०५ मत प्राप्त गर्नुभएको थियो ।