• २ मंसिर २०८१, आइतबार

नेता पोख्रेलको योगदान अतुलनीय : मुख्यमन्त्री आचार्य

blog

स्वर्गीय देवीप्रसाद पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै मुख्यमन्त्री आचार्य ।

दिवाकर पोख्रेल  

देउखुरी, मङ्सिर २ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवीप्रसाद पोख्रेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

पोख्रेल परिवार निवास घोराही उपमहानगरपालिका १५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोख्रेलप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । 

सिङ्गो नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पोख्रेलले खेलेको भूमिका र गर्नुभएको योगदानला पार्टी पङ्क्तिले सधैं सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

दाङ जिल्लाको मात्र नभएर सिङ्गो देशको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन उहाँले खेलेको भूमिका सधैं स्मरणीय रहनेछ, उहाँले भन्नुभएको छ, “समाज रुपान्तरण र परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका छ ।” पार्टी महासचिव शङ्कर पोख्रेलका दाजु पोख्रेलको कार्तिक २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो ।