साधन घर्ती
म्याग्दी, कात्तिक २९ गते । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाले बताउनुभयो । उहाँ नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा चुनिनुभएको थियो ।
उहाँको शव अस्पतालमै राखिएको तथा उहाँका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।