• १० मंसिर २०८१, सोमबार

गोरखापत्र संस्थान सेवाबाट रञ्जितको बिदाइ

blog

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी सेवा निवृत्त रञ्जितलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

 काठमाडौं, कात्तिक २७ गते । गोरखापत्र संस्थानको सूचना प्रविधि विभागअन्तर्गत कम्प्युटर शाखामा कार्यरत पाँचौँ तहका वरिष्ठ कम्प्युटर अपरेटर नन्दगोपाल रञ्जित उमेर हदका कारण संस्थान सेवाबाट निवृत्त हुनुभएको छ । बिहीबारदेखि  सेवा निवृत्त हुन लाग्नु भएका रञ्जितको मंगलबार संस्थान व्यवस्थापनले सम्मानका साथ बिदाइ गरेको छ । 

वि.सं. २०४६ असार १३ गते कम्पोजिटर पदमा स्थायी सेवामा संस्थान प्रवेश गर्नुभएका रञ्जितले संस्थानमा ३५ वर्ष तीन महिना २७ दिन स्थायी सेवामा रहेर कार्य गर्नुभयो । 

कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले उहाँलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।

बिदाइ कार्यक्रममा गोरखापत्र दैनिक निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, निमित्त नायब महाप्रबन्धक यमप्रसाद कँडेल, अर्थ विभाग प्रमुख राजुकुमार महत, प्रशासन विभाग प्रमुख रेखादेवी श्रेष्ठ, उत्पादन विभाग प्रमुख ओमप्रकाश भुसाललगायतकाे उपस्थित हुनुहुन्थ्यो । 


बिदाइ कार्यक्रममा सहभागीहरूले सेवा निवृत्त रञ्जितको बाँकी जीवन सुखी, आनन्दमय र खुसी रहोस् भनी कामना गर्नुभयो ।