• २३ मंसिर २०८१, आइतबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. बालोन डी’ ओर अवार्ड–२०२४ जित्ने फुटबल खेलाडी को हुन् ? 

  रोड्री –स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर)

रोड्री सन् १९६० पछि बालोन डी’ ओर अवार्ड जित्ने पहिलो स्पेनिस खेलाडी हुन् । 

महिलातर्फ बार्सिलोनाकी स्पेनिस मिडफिल्डर आइटाना बोनमटीले बालोन डी’ ओर अवार्ड प्राप्त गरेकी हुन् । उनले लगातार दोस्रोपल्ट यो अवार्ड पाएकी हुन् । 

वर्ष उत्कृष्ट क्लब : रियल म्याड्रिड

उत्कृष्ट प्रशिक्षक : कार्लो एन्सेलोट्टी –रियल म्याड्रिड)

कोपा ट्रफी : लामिन यामल –स्पेन)

लिभ यासिन ट्रफी : इमिलियानो मार्टिनेज –अर्जेन्टिना)

गर्ड मुलर ट्रफी : हेरी केन –युके) र केलियन एमबाप्पे –फ्रान्स)


२. सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी उपचार निःशुल्क गर्ने निर्णय कहिले गरेको हो ? 

विसं २०८१ कात्तिक ११

मुलुकका तीन वटा सरकारी अस्पताल –कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर) मा क्यान्सरको उपचार सेवा निःशुल्क गर्ने निर्णय गरिएको । 

नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको । 


३. सातौँ साफ महिला च्याम्पियनसिप, २०२४ को उपाधि कसले जित्यो ? 

  बङ्गलादेश

बङ्गलादेशले २–१ को गोल अन्तरमा घरेलु टोली नेपाललाई हराएको हो । 

बङ्गलादेशले लगातार दोस्रो पटक फाइनलमा नेपाललाई हराउँदै उपाधि रक्षा गरेको । सन् २०२२ मा दशरथ रङ्गशालामै भएको उपाधि भिडन्तमा नेपाल बङ्गलादेशसँग ३–१ ले हारेको थियो । 

खेल सञ्चालन : सन् २०२४ अक्टोबर १७–३०

आयोजक : नेपाल

सहभागी राष्ट्र : ७ –अफगानिस्तानबाहेक)

हालसम्मका साफ महिला च्याम्पियनसिप विजेता


४. पितृको सम्झनामा पितरा पर्व मनाउने जाति कुन हो ? 

माझी

प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट र भाइटीकाको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । 

एक वर्षमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दसैँ र भाइटीकाको भोलिपल्ट यो पर्व मनाइने । 

वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट पितरा निकालिन्छ । मरेका आफन्तका नाममा एक पटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन । 


५. शुक्ला साहित्य पुरस्कार, २०८१ कसलाई प्रदान गरियो ? 

  भाषाविद् मुकुन्दशरण उपाध्याय –पुरस्कार राशि रु. ५५,५५५।–)


६. भारतमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धन –आइएसए) को अध्यक्षमा को चयन भएको छ ? 

  भारत –सन् २०२४ नोभेम्बर)

भारत सन् २०२४–२०२६ सम्मको अवधिका लागि अध्यक्ष चयन भएको । 

आइएसएको सह–अध्यक्षमा फ्रान्स चयन भएको । 

विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने उद्देश्य साथ भारतमा आइएसएको सम्मेलन आयोजना भएको । 

सो सम्मेलनमा नेपालले राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्नेलगायत विभिन्न सात कार्यव्रmममा आइएसएको साथ र सहयोगको अपेक्षा गरेको छ । 

सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन –कोप–२१) मा आइएसएको घोषणा गरिएको । 


७. कुमारी हिमाल भनी कुन हिमाललाई चिनिन्छ ? 

  माछापुच्छ«े

कुन हिमाललाई के उपनामले चिनिन्छ ? 

सगरमाथा : १५ औँ चुली, तेस्रो ध्रुव

मनास्लु : किलर माउन्टेन

आमदब्लम : लेडिज पिक

कन्चनजङ्घा : नेपाल हिमाल

धौलागिरी : सेतो हिमाल

गौरीशङ्कर : पाथिभरा हिमाल


८. नेपालको कुन राजनीतिक घटनालाई अप्रिल क्रान्तिका नामले चिनिन्छ ?

  २०६२/६३ सालको जनआन्दोलन 


९. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ? 

  श्री ५ राजेन्द्र


१०. थाइ–एयर एसियाले बैङ्कक–भैरहवा–बैङ्कक उडान कहिलेबाट सुरु गरेको हो ? 

विसं २०८१ कात्तिक १८

सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाइ एसियाको एयरबस ए–३२० कात्तिक १८ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको । 


११. दुई लाख रुपियाँ राशिको विमल कृति पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 

  प्रकाश थाम्सुहाङ –निबन्ध सङ्ग्रह : शब्दथुम)

‘शब्दथुम’ मा पूर्वेली पहिचानको रैथाने संस्कृति एवं रैथाने जीवनशैली निबन्धको मुख्य विषयवस्तु बनाइएको । 

पुरस्कारका लागि प्राप्त एक सय दुई लेखकका विभिन्न विधाका कृतिमध्ये १० वटा श्रेष्ठ कृति चयन गरिएको । तीमध्ये थाम्सुहाङको ‘शब्दथुम’ ले पुरस्कार प्राप्त गरेको । 


१२. सरकारले भूमि समस्या समाधान आयोगको गठन कहिले गरेको हो ? 

  विसं २०८१ कात्तिक १३

हरिप्रसाद रिजालको अध्यक्षतामा सो आयोग गठन गरिएको । 

२०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि २०४७ सालमा बलबहादुर राईको संयोजकत्वमा गठित आयोगदेखि हालसम्म १६ वटा आयोग गठन भइसकेका । 


१३. हाल साक्षरताको आधारमा सर्वाधिक साक्षरता भएको जिल्ला कुन हो ? 

  काठमाडौँ –८९.२३ प्रतिशत)

साक्षरताको आधारमा पहिलो १० स्थानमा रहेका जिल्ला


१४. राष्ट्रिय पर्यटन रणनीतिक योजनाको अवधि कुन हो ? 

सन् २०१६–२०२५


१५. सरकारले कुन प्रदेशबाट क्षय रोग मुक्त नेपाल अभियानको सुरुवात गरेको हो ?

कर्णाली प्रदेश

सरकारले २०७८ चैत २२ मा सो अभियान थालिएको जनाएको ।


१६. संयुक्त राष्ट्रसङ्घीय लागुऔषधसम्बन्धी आयोगले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट कहिले हटाएको हो ?

सन् २०२० डिसेम्बर २


१७. बाहुबली झरनाको नामले चिनिने तीनधारे झरना कहाँ पर्छ ? 

रोशी गाउँपालिका, काभ्रेपलान्चोक


१८. बिस्केट जात्रा र महाकाली नाच कुन ठाउँमा नाचिने नाच हुन् ? 

  भक्तपुर


१९. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइवर सेक्युरिटी’ को स्थापना कहिले गरिएको हो ?

सन् २०१८ जनवरी २६


२०. चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखि लागु भएको हो ?

  विसं २०७५ साउन १


२१. आयुर्वेद कुन वेदको उपवेद हो ?

  अथर्ववेद 

विश्वकै प्राचीन चिकित्सा विज्ञान आयुर्वेद इसापूर्व तीन हजार देखि ५० हजार वर्ष अघि भारत वर्षबाट विकास भएको मानिन्छ ।

आयुर्वेद उपचार विधि मात्र नभएर मानव जीवनका खानपिन, आहारविहारलाई निर्दिष्ट गर्ने विज्ञान हो, जसले मानवको शरीर, मन र आत्मालाई स्वस्थ तथा सन्तुलन राख्न जोड दिन्छ । 


२२. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ? 

छिमेकी चरा

सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको । 

सो एपमार्फत चराको सङ्ख्या, जिल्ला अनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको । 

यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घर वरपर, बगैँचा, वन, जङ्गल वा कुनै स्थानमा चराको विवरण एपमार्फत सङ्घलाई सूचना दिन सक्ने । 

एपमा भएका चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिक गर्नुपर्ने । चराको फोटोसँगै नम्बर पनि राखिएको । चरा चिन्न नसकेमा वा एपमा राखिएका एक सय चरामध्ये आपूmले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग माग्न सकिने । 

विदेशमा यस्तो अभ्यास धेरैअघिदेखि हुँदै आएको । 


२३. सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ?

  २५–४० किमी 


२४. हिउँदे याममा पहिलो पटक माउन्ट के टु को सफल आरोहण गरी कीर्तिमान राख्ने टोली कुन हो ?

  नेपाली टोली –सन् २०२१ जनवरी १६)


२५. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’ को शुभारम्भ कहिले गरेको हो ?

  विसं २०७७ माघ २

प्रस्तुतकर्ता : टङ्क केसी