• २० वैशाख २०८१, बिहिबार

धरान उपमहानगरपालिकामा काँग्रेसको अग्रता

blog

धरान, जेठ १ गते । धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मत परिणामअनुसार उहाँले एक हजार ३४० प्राप्त गर्नुभएको छ । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका गर्नुभएको छ । 

नेकपा (एमाले)की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा गठबन्धनबाट नेकपा  (माओवादी केन्द्र)का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गर्नुभएको छ ।   हाल वडा नं १, २ र ३ को मत गणना जारी छ । यी बजार क्षेत्र काँग्रेसको पकट क्षेत्र मानिन्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा  १ र २ काँग्रेस र ३ मा एमालेले विजय गरेका वडा हुन् । 

धरान  २ मा एमालेका  राई विजयी 

धरान –२ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार रमेश राईले ६९५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट काँग्रेसका सुधीरसिंह लिम्बूले ६२३ मत प्राप्त गर्नुभएको छ । अन्य सदस्यमा भने  काँग्रेसका उम्मेदवार विजयी भएका छन् । २ नं वडामा २०७४ को निर्वाचनमा काँग्रेसले विजय हासिल गरेको थियो ।