• ३० असोज २०८१, बुधबार

बमको धम्कीले एयर इन्डियाको उडान क्यानडातर्फ डाइभर्ट

blog

नयाँ दिल्ली,  असोज २९ गते । सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मङ्गलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् ।

दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भयो र पछि क्यानाडातर्फ मोडियो, जहाँ उक्त विमान क्यानाडाको इक्लुइट विमानस्थलमा अवतरण भयो । 

 साथै, सोमबार मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीपछि दिल्लीतर्फ डाइभर्ट गरिएको थियो । तर, चेकजाँचका क्रममा कुनै शङ्कास्पद वस्तु भेटिएन ।

भारतको नागरिक उड्डयन सुरक्षा निकाय र नागरिक उड्डयन सुरक्षा ब्यूरोले जुनमा यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो । रासस, सिन्ह्वा


यो पनि पढ्नुहोस

बमको धम्कीपछि 'एयर इन्डिया'को विमान दिल्लीमा अवतरण