• २९ असोज २०८१, मङ्गलबार

चापाकोट नगर सदस्यको मृत्यु, मंगलबार शोक बिदा

blog

वडा सदस्य तारा सिं थापा ।

अर्जुन काफ्ले

स्याङ्जा, असोज २८ गते। चापाकोट नगरपालिकामा वडा नं– ६ का वडा सदस्य तारा सिं थापाको मृत्यु भएको छ। 

४३ वर्षीय थापाको सोमबार हृदयघातका कारण मृत्यु भएको नगर प्रमुख देवबहादुर खाँणले जानाकारी दिनुभयो। वडा नं ६ खार्दीका थापाको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो। 

मृत्यु भएका थापाको शोकमा नगरपालिकाले मंगलबार एक दिन शोक बिदा दिने निर्णय गरेको खाँणले बताउनुभयो। 

नगर सदस्य थापालको गत स्थानीय तह निर्वाचनमा ५८० मत ल्याउदै निर्वाचित हुनुभएको थियो। मृतक थापाको श्रीमती र एक छोरा छन्।