• २६ असोज २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास

blog

नेकपा (एमाले) को केन्द्रिय कार्यालय भवनको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, असोज २५ गते । नेकपा (एमाले) को कीर्तिपुरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वैदिक विधिअनुसार सो कार्यालय भवनको शिलान्यास गर्नुभएको हो । 

कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता-कार्यकर्ताको उपस्थिति रहेको छ । 

एमालेले पार्टी सदस्यहरुको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । सो जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका प्रमुख मिनबहादुर गुरुङले उपलब्ध गराउनुभएको हो । 

२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका-१४  मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउने काम शुरु गरिएको एमालेले जनाएको छ ।