• ११ मंसिर २०८१, मङ्गलबार

भिरबाट खसेको ढुङ्गा लागेर बालिकाको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, असोज २४ गते । त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमाईमा भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा घाइते हुनुभएकी बालिकाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।  

मङ्गलवार दिउँसो भिरबाट ढुङ्गा खसेर लाग्दा घाइते मकवानपुरगढी–८ बस्ने १२ वर्षीय रिंकु थिङको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

हेटौँडाबाट ईचुङ तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नं. को यात्रु बोकेको स्थानीय रुटमा चल्ने बसमा सवार थिङ बसेको सिटमा अचानक माथि भिरबाट ढुङ्गा खसेर लागेको थियो । बसको अगाडि भागमा ढुङ्गा लाग्दा बालिकाको सिसाले दाहिने हात र पेटमा चोट लागेको थियो । घाइते बालिकाको हेटौँडा अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको थियो ।