• ७ वैशाख २०८१, शुक्रबार

गोरखा नगरपालिका १ मा काँग्रेसका कुँवर विजयी

blog

गोरखा,  वैशाख ३१ गते । गोरखा नगरपालिकामा नेपाली कांँग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा  १ मा काँग्रेसको प्यानल नै विजयी भएको हो । काँग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी  विजयी हुनुभएको हो ।

  उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोविन्दप्रसाद भट्टराइले ३४१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा गर्न भने बाँकी  छ ।

  वडा नं १ मा काँग्रेस प्रमुख पदका उम्मेदवार राजनराज पन्तले ४८३ र उपप्रमुख मसलीमाया थोकरले ४९५ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै माओवादीका प्रमुख पदका उम्मेदवार कृष्णराना मगरले ३८६ मत प्राप्त गर्नुभएको छ । मतपरिणामअनुसार विजयी कांग्रेस महिला सदस्यका उम्मेदवारले ४६७, दलित सदस्यमा ४८०, पुरुष खुला सदस्यमा ५२३ र महिला खुला सदस्यका उम्मेदवारले ५१४ मत ल्याएर विजयी भएका हुन् । वडा नं १ मा एक हजार २१२ मत खसेको थियो ।