• २३ असोज २०८१, बुधबार

यात्रुबाहक बस दुर्घटनामा ४२ जना घाइते

blog

दुर्घटनामा परेको बस । तस्विर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, असोज २३ गते । दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा भएको यात्रुबाहक बस दुर्घटनामा परी ४२ जना घाइते भएका छन् ।

बुधबार बिहान १० बजे काठमाडौँबाट चरीकोटतर्प आउँदै गरेको प्रदेस ३–०१–००६३६ नम्बरको बस दुर्घटनामा परी ४२ जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ  । 

घाइतेमध्य ओखलढुङगाको लिखु गाउँपालिका–७ गाम्नाङटारकी ६ वर्षीया बालिका आरुसी खत्री र सोही स्थानकी ३३ वर्षीया दिपा खत्रीको टाउकोमा चोट लागी अवस्था गम्भीर रहेकाले धुलिखेल अस्पतालमा पठाइएको प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो । 

घाइतेहरुको सदरमुकाम चरीकोटस्थित च्छोरोल्पा अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।  गम्भीर दुईबाहेक अन्य घाइतेहरु भने सामान्य उपचार पछि डिस्चार्ज भइसकेका उहाँले जानकारी दिनुभयो ।

काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बस मोडमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटना लगत्तै चालक काभ्रेपलाञ्चोकको पनौती घर भएका ३५ वर्षीय दिपेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।