• २३ असोज २०८१, बुधबार

कुम्भकर्ण हिमाल आरोहणका क्रममा अमेरिकी नागरिक बेपत्ता

blog

बेपत्ता हुनुभएका मिचेल गार्डनर।तस्बिर : ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको फेसबुक पेजबाट।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २३ गते। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित कुम्भकर्ण (जन्नु) हिमाल आरोहणका क्रममा एक विदेशी (अमेरिका) बेपत्ता हुनुभएको छ।प्रहरीका अनुसार सात हजार ७१० मिटर उचाइ रहेको कुम्भकर्ण हिमाल आरोहणका क्रममा अमेरिकन नागरिक मिचेल गार्डनर बेपत्ता हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार हिमाल आरोहण गर्ने क्रममा हावाको बेगले उडाएर गार्डनर बेपत्ता हुनुभएको हो।गार्डनर सोमबारदेखि बेपत्ता हुनुभएको र बुधबारसम्म पनि उहाँ फेला नपर्नुभएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो।

ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिमार्फत गार्डनर कुम्भकर्ण हिमाल आरोहणमा जानुभएको बताइएको छ।गार्डनर गएको आइतबार लेलेपको घुस्सास्थित शेर्पा गेष्ट हाउसमा बास बसेर हिमाल आरोहणमा जानुभएको थियो।उहाँको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।