• २३ असोज २०८१, बुधबार

राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६० लाख हस्तान्तरण

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दैवी प्रकोप राहत कोषमा ६० लाखको चेक हस्तान्तरण गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारी । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असोज २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख हस्तान्तरण गरेको  गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । 

कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गर्नुभएको कर्पोरेसनले जनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिनुभएको कर्पोरेसनले जनाएको छ ।    

सोही अवसरमा प्रधानमन्त्री ओलीलाई विद्युत उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यबाट कम्पनी र त्यहाँका कर्मचारीसमेतबाट ६ लाख ४६ हजार ५ सय, नेपाल इन्स्योरेस्स कम्पनी, भारतबाट १० लाख कोषमा हस्तान्तरण भएको छ।