• १४ वैशाख २०८१, शुक्रबार

बुटवल उपमहानगरमा काँग्रेसका पाण्डेको अग्रता

blog

लुम्बिनी,  वैशाख ३१ गते । स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली काँग्रेसले सुरुआती अग्रता लिएको छ । 

उक्त वडामा ४०० मतगणना हुँदा  काँग्रेसका नगरप्रमुख पदका प्रत्यासी खेलराज पाण्डेले सुरुआती अग्रता लिनुभएको छ । उहाँले २१५ प्राप्त गर्नुभएको छ भने, राप्रपाका मृगेन्द्रकुमार शेरचनले १७३ र नेकपा (एमाले)का बाबुराम भट्टराइले ७८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी सिद्धार्थनगर नगरपालिकाको वडा नं १ मा ७९२ मत गणना हुँदा काँग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत  छ । अन्य पालिकाबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।

जिल्लामा १६ पालिकामध्ये एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका  छन् । शुक्रबार सम्पन्न मतदानमा जिल्लाभरिमा ७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।