• १२ पुस २०८१, शुक्रबार

नेपाल बैंक र समाज डेण्टल अस्पतालबिच सम्झौता

blog

सम्झौता आदान प्रदान गरिँदै ।

काठमाडौँ, असोज २३ गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । 

सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई विल रकमको १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरुलाई १० प्रतिशतले छुट हुने भएकोे छ । 

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौँस्थित नयाँ बानेश्वर, बसुन्धरा, पेप्सीकोला, जोरपाटी, सितापाइला, भक्तपुरस्थित कौशलटार, ललितपुर स्थित जावलाखेल, ईमाडोल र काभ्रेपलाञ्चोक स्थित बनेपामा रहेका समाज डेण्टल अस्पतालका क्लिनिकहरुले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।