• १९ असोज २०८१, शनिबार

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

blog

एकतर्फी सञ्चालन आएको पश्चिम नवलपरासीको दाउन्नेमा सडक । तस्बिर : रासस

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), असोज १९ गते । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ ।

बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि शनिबार बिहान ९ः३० बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

उहाँले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताउनुभयो । तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो । रासस