• १३ वैशाख २०८१, बिहिबार

शीर्ष नेता कसले कहाँबाट गर्नुभयो मतदान (फोटो फिचर)

blog

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराको गन्यापधुरा-१, रूवाखोलास्थित असिग्राम माविबाट मतदान गर्दै। तस्बिरः रासस

काठमाडौं,वैशाख ३० गते।  शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन भएको छ। मतदाताको उपस्थिति उत्साहजनक रहेको निर्वाचन आयोगले जनाएको छ। केही जिल्लामा छिटपुट झडप भए पनि अन्य ठाउँमा भने शान्तिपूर्ण मतदान भएको छ।  पूर्वराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताले आफ्नो गृहजिल्ला पुगेर मतदान गर्नुभएको छ। 


नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै। 


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका- १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा मतदान गर्दै। 


नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ मा मतदान गर्दै। 


रौतहट पुगेर मतदान गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । 

 नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल गृहजिल्ला इलामको सूर्योदय-९ पान्दामको राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्दै।  


गोरखाको पानपा–१ अन्नपूर्ण मावि बूथमा मतदान गर्नुहुँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई । 


मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको बानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै। 


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै।


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका-५ स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदानस्थलबाट मतदान गर्दै। 


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले झापाको हल्दिबारी गाउँपालिका १ स्थित वडा कार्यालय गोलधाप (ख) मतदान केन्द्रबाट मतदान गर्दै।