• १९ असोज २०८१, शनिबार

‘म्यान अफ दी इयर’ बने न्युरे

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १७ गते  । पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दी इयर नेपाल–२०२४’ को पहिलो संस्करणको उपाधि रुपन्देहीका कृष्ण न्युरेले जित्नुभएको छ । अन्तिम प्रतिस्पर्धामा छनोट भएका उत्कृष्ट २० सहभागीमध्ये उत्कृष्ट पाँचमा छानिएका न्युरेले विजेता बनेपछि सात लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । थाइल्यान्डमा हुने ‘म्यान अफ दी इयर’ ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत न्युरेले पाउनुभएको छ । 

ब्रान्ड एम्बासडर तथा निर्णायक अभिनेता अनुपविव्रmम शाही, कोरियोग्राफर अभिनेता प्रशान्त ताम्राकार, कार्यव्रmम निर्देशक संसद शाह र कार्यकारी निर्देशक स्वीकृति प्याकुरेल, निर्णायकद्वय राजभाइ सुवाल र करण वैद्यले विजेतालाई पुरस्कार तथा ट्रफी प्रदान गर्नुभयो । अन्तिम स्पर्धामा छनोट भएका पाँच जनामा ‘मस्कुलिन म्यान अफ दी इयर’ को उपाधि उत्सव श्रेष्ठले पाउनुभयो । ‘माइन्डफुल म्यान अफ दी इयर’ को उपाधि प्रवीण आचार्य, ‘मोडर्न म्यान अफ दी इयर’ अभिमन्यु खड्का, ‘मास्टरली म्यान अफ दी इयर’ अनमोल भण्डारी र ‘म्यानली म्यान अफ दी इयर’ को उपाधि कृष्ण न्युरेले नै प्राप्त गर्नुभएको छ ।

उत्कृष्ट २० मध्ये ‘सबक्याटेगोरी’ मा ‘मस्ट ट्यालेन्ट’ प्रवेश डङ्गोल, ‘पब्लिक च्वाइस’ अनमोल भण्डारी, ‘मस्ट फोटोजेनिक’ ऋतिक श्रेष्ठ र ‘बेस्ट वाक’ विधामा ईश्वर छत्कुली उत्कृष्ट घोषित हुनुभयो ।