• १४ असोज २०८१, सोमबार

प्रधानमन्त्री आज स्वदेश फर्कंदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नेपाल आइपुग्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ उहाँ संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गर्नुभोएको छ । कतारबाट सोमबार उहाँ नेपाल आइपुग्दै  हुनुहुन्छ । प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभयो । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।