• २३ वैशाख २०८१, आइतबार

वरिष्ठ नेता पौडेलद्वारा मतदान

blog

दमौली, वैशाख ३० गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले  सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताउनुभयो  । उहाँले भन्नुभयो“सङ्घीयता विकासका लागि फलदायी भएको छ ।  स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ । ” वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राख्नुभयो ।