• ११ असोज २०८१, शुक्रबार

दसैँका लागि बाँकेमा खसी बोकाको मूल्य निर्धारण

blog

बाँकेको राप्ती सोनारीमा महिलाले पालेका खसीबोका बिक्री गर्दै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज १० गते। दसैँलाई लक्षित गरेर बाँकेमा खसी बोकाको मूल्य निर्धारण गरिएको छ।  नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर बाँकेमा रहेका १७ वटा सामाजिक उद्यमी सहकारी र व्यापारीबिचको छलफलपछि खसी बोकाको मूल्य निर्धारण गरिएको सामाजिक उद्यमी सहकारीको साझा संस्था सेवा नेपालका अधिकृत गोपी पुडासैनीले बताउनुभयो।  

अधिकृत पुडासैनीका अनुसार निर्धारण गरिएको मूल्य अन्तर्गत ३० केजीदेखि ३९.९ केजीसम्मको खसीप्रति केजी ५३० रुपियाँ, ४० केजीदेखि ४९.५ केजी सम्मको खसी बोकाको प्रति केजी ५४० रुपियाँ र ५० केजी भन्दा माथिको खसीको मूल्य ५६० रुपियाँ प्रति केजी मूल्य निर्धारण गरिएको छ।  सोही प्रकारले बोकाको मूल्यप्रति केजी ५१० रुपियाँ कायम गरिएको छ।  

थोक व्यापारी र उद्यमी सहकारी तथा सरोकारवालाको रोहवरमा सो मूल्य निर्धारण गरिएको हो।  उत्पादनमा आधारित खाद्यवस्तु, पशु चौपाया बिक्री वितरण र बजारीकरणमा विभिन्न चुनौती रहेको भए पनि आफ्नो संस्थाले नीति निर्माण तहमा पैरवी गरिरहेको प्रबन्धक केसीको भनाइ छ।