• ३ जेठ २०७९, मङ्गलबार

कतार सरकारद्वारा नेपाललाई अक्सिजन ट्यांकर प्रदान

blog

नेपालका लागि कतारी राजदुत महामहिम युसुफ मोहम्मद अल हैलले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई अक्सिजन उत्पादन गर्ने ट्यांकर हस्तान्तरण गर्दै । तस्बिर सौजन्य : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँवैशाख २८ गते । कतार सरकारले नेपाल सरकारलाई कोरोना महामरीसंग जुध्न सहयोग गर्दै आएको छ । महामारीको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर देखि अक्सिजन भर्नेसम्मको काममा व्यवधान वेहोर्नु परेको जानकारी पाएपछि कतार सरकारले पाएको थियो । आगामी दिनमा नेपाल सरकारलाई अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर कतार सरकारले अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको छ । 

कतार सरकारका तर्फबाट नेपालका लागि कतारी राजदुत महामहिम युसुफ मोहम्मद अल हैलले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गर्नुभयो । अक्सिजन ट्यांकर ७ लाख ४५ हजार कतारी रियाल अर्थात २ करोड ४६ लाख नेपाली रुपियाँ बराबर रहेको छ । 

कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको ट्यांकरको कागजात सचिव पोखरेललाई हस्तान्तरण गर्दै महामहिम अल–हैलले कतार सरकार नेपाल सरकारलाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले कतार सरकार कोरोना महामरीसँग जुध्न सदैव नेपाल सरकारको साथमा रहको बताउनुभयो । 

ट्यांकर हस्तान्तरणको कागजात बुझ्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले कतार सरकारले महामारीसँग जुध्न गरेको सहयोगको लागि धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो कतार सरकारले नेपाली नागरीकलाई रोजगारी प्रदान गरेर र आवश्यक परेको समयमा विभिन्न सामग्रि उपलब्ध गराएर जुन खालको सहयोग गरीरहेको छ । त्यसको नेपाल सरकारले उच्च मुल्याङ्कन गरेको बताउनुभयो । 

अक्सिजन ट्यांकर मकवानपुर जिल्लाको हेटौंडामा रहेको हेटौंडा हस्पतालमा इन्स्टल गरेर अक्सिजन उत्पादन पनि सुरु भैसकेको सचिव पोखरेलले जानकारी दिनुभयो । 

नेपालका लागि सहयोग स्वरूप अक्सजन ट्यांकर पठाउने क्रममा कतार फण्ड फर डेभलपमेन्टका कार्यकारी महानिर्देशक खलिफा विन जासिम अलकुवरीले दिगे विकास लक्ष्यमा उल्लेख तेस्रो नम्बरको लक्ष्य हासिल गर्न नेपाल सरकारलाई कतार सरकारको साथ सँधै रहने वाचा गर्नुभयो । कतार फण्ड फर डेभलपमेन्टले यसअधि कोरोना महामरीसँग जुध्न विभिन्न खाले स्वास्थ्य सामग्री, भेन्टिलेर, अक्सजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।