• २२ भदौ २०८१, शनिबार

प्रथम महिला पौडेलद्वारा पशुपतिनाथको दर्शन

blog

पशुपतिनाथको दर्शन गर्न पशुपति नाथ क्षेत्रमा पुग्नुभएका प्रथम महिला सविता पौडेल। तस्बिरः राष्ट्रपतिको निजी सचिवालय

काठमाडौँ, भदौ २१ गते।  प्रथम महिला सविता पौडेलले हरितालिका तिजका अवसरमा पशुपतिनाथको दर्शन गर्नुभएको छ। शुक्रबार साँझ प्रथम महिला पौडेल परिवारका सदस्य साथ पशुपतिनाथ मन्दिर पुगेर उहाँले पशुपतिनाथको दर्शन गर्नुभएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवालयका अनुसार उहाँ पशुपतिनाथ पुगेर दर्शन गरेर फर्किनुभएको छ। तिजको अवसरमा उहाँसँगै लाखौँको सङ्ख्यामा दिदीबहिनीले पशुपतिनाथको दर्शन गर्नुभएको छ। 



यो पनि पढ्नुहोस

पशुपतिनाथ क्षेत्रमा तिजको रौनक (फोटो फिचर)

यो पनि पढ्नुहोस

पशुपतिमा दर्शनार्थीकाे भीड (फोटो फिचर)