• ६ जेठ २०८१, आइतबार

राष्ट्रपतिबाट जेठ ३ गतेका लागि संसद्‍ अधिवेशन आह्वान

blog

काठमाडौं, वैशाख २५ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल जेठ ३ गतेका लागि सङ्घीय संसद दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। 

आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो। 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार २०७९ साल जेठ ३ गते मङ्गलबार दिउँसो ४ बजेका लागि संघीय संसद्‍को दुवै सदनको अधिवेशन राष्ट्रपतिबाट आह्वान भएको हो।