• १६ भदौ २०८१, आइतबार

गाईजात्रा पर्वमा बागमतीमा सार्वजनिक बिदा

blog

राममणि दाहाल

हेटौँडा, भदौ १ गते । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको मन्त्रीपरिषद् बैठकले यही भदौ ४ गते मङ्गलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

प्रदेश सरकारको यो निर्णयसँगै गाईजात्रा पर्वमा बागमती प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।  

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले गाईजात्रा पर्वका दिन भदौ ४ गते सार्वजनिक बिदा दिने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो । 

यसअघि २०७८ सालमा पनि बागमती प्रदेश सरकारले गाईजात्रा पर्वमा सार्वजनिक बिदा दिएको थियो । 

मन्त्रीपरिषद् बैठकले बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री लामिछानेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।