• १४ वैशाख २०८१, शुक्रबार

डेल्फिक काउन्सिल छलफल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २४ गते । कला तथा संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको सार्कस्तरीय सचिवालय नेपालमा ल्याउन छलफल सुरु भएको छ । भारतको गुरुग्राममा भएको एक सम्मेलनमा नेसनल डेल्फिक काउन्सिल नेपालका पदाधिकारीले अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका सेक्रेटरी जनरल रमेश प्रसन्नासँग छलफल सुरु गर्नुभएको हो । भारतको पहिलो राष्ट्रस्तरीय सम्मेलनमा अतिथिका रूपमा नेपालबाट काउन्सिलका अध्यक्ष श्रीदेव बीएल, उपाध्यक्ष जीवन पराजुली र सचिव सूर्यबहादुर रास्कोटी गुरुग्राम पुगेका थिए । 

कला र संस्कृतिको माध्यमबाट मानव जातिबीच शान्ति र सद्भावको पहल गर्न डेल्फिक काउन्सिलले विश्वस्तरीय विभिन्न प्रतियोगिता आयोजना गर्ने गर्दछ, जसलाई डेल्फिक गेम भनिन्छ । डेल्फिक गेममा अभिनय, सङ्गीत, चित्रकला, वास्तुकला, मूर्तिकला, साहित्य आदि पर्छन् ।