• १५ चैत २०८०, बिहिबार

काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा (फोटो फिचर)

blog

सत्ता गठबन्धनको सभामा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेता । तस्बिर: केशब गुरुङ

काठमाडौँ, वैशाख  २३ गते।  पाँचदलीय सत्ता गठबन्धन शुक्रबार राजधानीमा चुनावी सभा गरेको छ।काठमाडौँको शान्तिवाटिकामा सत्ता गठबन्धनका शीर्षनेताको सहभागितामा चुनावी सभा भएको हो। 

सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सत्ता गठबन्धनका शीर्षनेता सहभागी हुनुहुन्छ। सभामा काँग्रेस, माओवादी केन्द्र. एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ। 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन्। निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए।




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।