• १६ चैत २०८०, शुक्रबार

एक थान कटुवा पेस्तोलसहित पक्राउ

blog

फाइल तस्बिर

दाङ, वैशाख २३ गते । लमही नगरपालिका-३ मझगाउँस्थित प्रतीक्षालयबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका  १९ वर्षीय सोमु बिक  छन् । कटुवा पेस्तोल कम्मरमा लुकाई राखेको अवस्थामा बिकलाई वडा प्रहरी कार्यालय, लमहीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।