• १२ साउन २०८१, शनिबार

स्थानीय तह निर्वाचन : भिडियो वार्ता

आचारसंहिता कार्यान्वयनको अवस्था के छ ?

blog

काठमाडौं, वैशाख २३ गते। वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचन हुनुभन्दा एक महिना अगाडिदेखि नै निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। २०७८ चैत २५ गतेदेखि लागू भएको आचारसंहिता कार्यान्वयनमा आयोग दतारुकताका साथ लागि परेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बताउनुहुन्छ। २०७८ चैत २५ गतेदेखि लागू भएको आचारसंहिता कार्यान्वयनका लागि आयोगले निरन्तर अनुगमन गरिरहेको उहाँको भनाइ छ।

२०७८ वैशाख १६ गते उम्मेदवारको नामावली प्रकाशन  गरेपछि आयोगले वैशाख १७ गते सबै दल र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न दिएको छ। चुनाव चिह्न प्राप्त गरेपछि दल र स्वतन्त्र उम्मेदवारले आचारसंहिता उलंघन गरेका उजूरी प्राप्त भएको आयुक्त भण्डारीको भनाइ छ। आयोगमा आएका केही उजूरीमाथि कारबाही भएको र केही उजूरी कारबाहीको क्रममा रहेको भण्डारीले बताउनुभयो। आयोगले आचारसंहिता उलंघन भए एक लाख रुपियाँ जरिवानादेखि मनोनयनपत्र खारेज गर्नेसम्म अधिकार आयोगसँग रहेको छ। आयोगले देशभर अनुगमन टोली पठाएको र आचारसंहिता विपरीतका सामग्री जफत गरेको उहाँको भनाइ छ। गोरखापत्र अनलाइनका लागि लक्की चौधरी, मनोजरत्न शाही र केशब गुरुङले आयुक्त भण्डारीसँग गर्नुभएको भिडियो कुराकानी :