• २२ साउन २०८१, मङ्गलबार

बाढी र डुबानले प्रभावित काठमाडौं उपत्यका (फोटो फिचर)

blog

लगातार वर्षापछि डुबानमा परेको काठमाडौंको टेकु दोभान क्षेत्र । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ,  साउन २२  गते ।  सोमबार रातिदेखिको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डुबान भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढेपछि किनार र आसपासका बस्ती प्रभावित भएका हुन् ।

बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबीखोला लगायतमा बाढी आएको छ । बाढीले नदी किनारका बस्तीसँगै प्रमुख सडक जलमग्न हुँदा यातायातसमेत प्रभावित भएको छ । अहिले भने उपत्यकाको मौसम खुलेको छ । गोरखापत्र अनलाइनका लागि फोटो पत्रकार मनोजरत्न शाहीले टेकु दोभान, बल्खु क्षेत्र, तरकारी बजार हुँदै चोभारसम्म पुगेर कैद गरेका तस्बिरः 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।