• १८ साउन २०८१, शुक्रबार

महिला कैदीबन्दीलाई निःशुल्क स्वास्थ्य सेवा

blog

बिन्दु थापा 

पाल्पा, साउन १८ गते । जिल्ला कारागार पाल्पाका १९ जना महिला कैदीबन्दीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । मखनटोल विकास संस्थाको आयोजना, तानसेन नगरपालिका स्वास्थ्य शाखा र पाल्पा अस्पतालको सहयोगमा कारागारमा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधीसमेत निःशुल्क वितरण गरिएको हो । 

तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहाको प्रमुख आतिथ्यमा भएको स्वास्थ्य जाँचका क्रममा कारागारमा रहेका महिला कैदीबन्दीको प्रजनन स्वास्थ्य र सुगर तथा यौनरोगको परीक्षण गरिएको थियो ।

मखनटोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै तानसेन नगर पालिका उपप्रमुख प्रतीक्षा गाहाले सामाजिक उत्तरदायित्व अन्तर्गत कारागारभित्र बन्दी जीवन बिताइरहेका महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य जाँचसहित निःशुल्क औषधी वितरण गर्नु आफैंमा उदाहरणीय कार्य भएको बताउनुभयो । 

मखनटाेल टोल विकास संस्थाका अध्यक्ष ज्ञानु कार्की, निमित्त प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, वडा नम्बर ४ का अध्यक्ष हेमन्तराज शाक्य, कारागार अपाल्पाका प्रमुख भगवान भक्त अर्याल, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेलबासे, युनाइटेड मिसन अस्पतालका डाक्टर रचना भट्ट, पाल्पा अस्पतालका नर्स भगवती न्यौपाने, तानसेन नगरपालिका स्वास्थ शाखाका भगवती केसीले बोल्दै विशेष गरी महिला कैदीबन्दीको स्वास्थ्यमा आइपर्ने समस्याका विषयलाई लिएर मखनटोल विकास संस्थाले कारागारका महिला कैदीबन्दीलाई स्वास्थ्यमा कुनै जटिलता नभएको बताउनुभयो।