• ११ साउन २०८१, शुक्रबार

रुकुमपूर्व खण्डको मध्यपहाडी लोकमार्ग र विद्युत् सेवा अवरुद्ध

blog

रुकुमपूर्व खण्डको मध्यहाडी लोकमार्गस्थित सिस्ने गाउँपालिका–६ रानीकोटमा आएको पहिरो । तस्बिर: जयमान बुढामगर ।

जयमान बुढामगर

रुकुमपूर्व, साउन ११ गते । रुकुमपूर्व खण्डको मध्यपहाडी लोकमार्ग र केन्द्रीय विद्युत् सेवा अवरुद्ध भएको छ । लगातार बर्सातको कारणले मध्य पहाडी लोक मार्ग खण्डको सिस्ने गाउँपालिका–६ स्थित रानीकोटको भिरमा पहिरो गएपछि दुई दिनदेखि सडक र विद्युत् अवरुद्ध भएको हो । 

बुधवार राति रानीकोटको भिरमा आएको पहिरोले मध्य पहाडी लोकमार्ग अवरुद्ध हुनुका साथै विद्युतका तार–पोल पहिरोले बगाएपछि विद्युत् सेवा पनि दुई दिनदेखि अवरुद्ध छ । रानीकोटमा ठुलो पहिरो खसेपछि पहिरो हटाउने गाह्रो भइरहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । यद्यपि बिहीबार बिहानदेखि डोजरले पहिरो हटाउने काम जारी रहेको प्रजिअ शर्माले बताउनुभयो । रानीकोटको भिरको माटो बगिरहने खालको रहेकोले पहिरो हटाइ राखे पनि पहिरो आइरहेको उहाँले जानकारी दिनुभयो । 

उक्त पहिरोले दाङ–सल्यान–रुकुम पश्चिम हुँदै रुकुमपूर्व आउने केन्द्रीय विद्युत्को तार–पोल पनि बगाएकोले जिल्ला सदरमुकामसहित केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको ठाउँमा विद्युतीय सेवा ठप्प भएको छ । सीमित स्रोत साधनका कारणले सडक र विद्युत् सुचारु गर्ने काममा ढिलाइ भइरहेको प्रजिअ शर्माले बताउनुभयो । राष्ट्रिय गौरवकै आयोजना मध्य पहाडी लोक मार्ग र केन्द्रीय विद्युत् अवरुद्ध सुचारु गर्नका लागि प्रदेश र सङ्घीय सरकारबाट पनि सहयोग आवश्यक रहेको प्रजिअ शर्माको भनाइ छ । 

दुई दिनदेखि विद्युत् अवरुद्धपछि जिल्लास्थित सरकारी र गैरसरकारी कार्यालयसँग व्यवसायलाई विद्युतीय काममा सास्ती भएको छ । विद्युत् रुकुम पश्चिमबाट रुकुमपूर्व, बागलुङ, पोखरा अनि काठमाडौँतर्फ रुकुमपूर्वकबाट रुकुम पश्चिम, दाङ, नेपालगन्ज, सुर्खेत आदि स्थानतर्फको आवतजावत ठप्प भएको छ ।