शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                सञ्जय कुमार मिश्र 
गौर, साउन १ गते । बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालकको शव संयुक्त सुरक्षाकर्मीले फेला पारेको छ । नेपाल प्रहरी सशस्त्र प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले नदीमा नुहाउन क्रममा बागमती नदीमा डुबेर बेपत्ता भएका १० वर्षीय बालक सफर कवाडीको मृत शव मंगलबार बागमती नदीबाट फेला पारेको हो ।
गढीमाई नगरपालिका ३ लक्ष्मीपुर गाउँका हस्बुद्दिन कवाडीका १० वर्षीय छोरा सफर कवाडी आफ्नो साथीभाइसँग बागमती नदीमा नुहाउन जाँदा सोमबार डुबेर बेपत्ता भएका थिए।
बेपत्ता बालकको खोजतालश गर्ने क्रममा मंगलबार संयुक्त सुरक्षाकर्मीको टोलीले शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले जानकारी दिनुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                