• १२ साउन २०८१, शनिबार

हात्तीले चार घरमा क्षति पुर्‍यायो

blog

फाइल तस्बिर

बनियानी (झापा), असार ३० गते । जिल्लाको बिर्तामोड नगरपालिका-७ स्थित डाँडागाउँमा गएराति हात्तीले चार वटा घरमा क्षति पुर्‍याएको छ । राति आएका चार वटा हात्तीले चार घरमा क्षति पुर्‍याएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्‍याउँदा तीन लाख १० हजार बराबरको क्षति भएको जानकारी दिनुभयो । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उहाँले बताउनुभयो ।

बिर्तामोड-७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्ती बस्ती पसेर स्थानीयको घरमा क्षति पुर्‍याएको विषयमा जानकारी गराइएको बताउनुभयो । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । रासस