काठमाडौँ, असार २६ गते । हनुमन्ते खोला सफाइ गर्ने क्रममा बिग्रिएर फसेको एक्साभेटर निकालिएको छ । मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाले संयुक्त रूपमा हनुमन्ते खोला सफाइ गर्ने गरेको छ । सोही क्रममा खोलामा एक्साभेटर बिग्रिएको थियो ।
एक्साभेटर निकाल्ने प्रयत्नमा भए पनि खोलामा आएको बाढीका कारण निकाल्न नसकिए पनि बाढी घटेपछि डोजर र क्रेनको सहायताले निकालिएको छ ।