• १२ साउन २०८१, शनिबार

तातेताते र शङ्काको परिचर्चा

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असार २५ गते । कथाकार चरित्रा शाहको कथासङ्ग्रह ‘तातेताते’ र बोधराज प्याकुरेलको लघुकथासङ्ग्रह ‘शङ्का’ को बाँकेको खजुरामा परिचर्चा गरिएको छ । कल्पना फाउन्डेसन नेपालद्वारा आयोजित परिचर्चा कार्यक्रममा छविलाल खड्काले लघुकथासङ्ग्रह ‘शङ्का’ को र कथासङ्ग्रह ‘तातेताते’ को पुस्कर रिजालले समीक्षा गर्नुभएको थियो । 

साहित्यकार नवीन अभिलाषीले नेपाली साहित्यमा नयाँ कृति थपिने क्रम बढ्दो रहेको र यस्ता छलफलले नेपाली साहित्यको लेखनमा परिमार्जन र गुणस्तर ल्याउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । खजुरा प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले पश्चिम नेपालमै खजुरालाई साहित्यिक कार्यव्रmम र गतिविधिको प्रमुख केन्द्र बनाइने बताउनुभयो । 

कल्पना फाउन्डेसन नेपालका अध्यक्ष कल्पना पौडेल जिज्ञासु, वरिष्ठ कथाकार सनतकुमार रेग्मी, खजुरा गाउँपालिकाकी पूर्वउपप्रमुख एकमाया विकलगायतले कृतिमाथि चर्चा गर्नुभएको थियो ।