• १९ असोज २०८१, शनिबार

बाँके खजुरामा काव्य गोष्ठी

blog

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, असार २३ गते । बाँकेको खजुरामा राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी सम्पन्न भएको छ । खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न सम्मेलनले बाँकेलगायत पश्चिम नेपाल र सीमापारि भारतीय क्षेत्रको समेत साहित्यिक गतिविधि बढ्ने विश्वास गरिएको छ । 

स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा व्रिmयाशील रहँदै आएको खजुरा प्रज्ञा–प्रतिष्ठानले खजुरालाई चिनाउन साहित्यिक सम्मेलनको आयोजना गरेको जनाइएको छ । भारतीय साहित्यकार महेशप्रकाश र शिला बर्मालगायतले नेपाल भारतको साहित्यिक सम्बन्ध पनि निकै पुरानो रहेको जनाउँदै साहित्यले पनि दुवै देशको सम्बन्ध प्रगाढ बनाउन सहयोग गर्ने बताउनुभयो । 

कार्यव्रmममा माक्र्सवादी चिन्तक ईश्वरचन्द्र ज्ञवाली, प्राडा घनश्याम न्यौपाने, प्राडा कृष्णप्रसाद घिमिरे, वरिष्ठ कथाकार सनतकुमार रेग्मी, वरिष्ठ साहित्यकार हरि तिमिल्सिनालगायत पश्चिम नवलपरासी, रुपन्देही, दाङ, हेटौँडा, गैँडाकोट, सुर्खेत, कैलाली, कञ्चनपुर, बझाङ, अछामका साथै बाँके र बर्दियाका करिब ८० जना साहित्यकारको सहभागिता रहेको थियो ।