• १९ असोज २०८१, शनिबार

मण्डलामा नाट्य महोत्सव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २३ गते । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि तीनदिने नाट्य महोत्सव ‘म्याड फेस्ट–२०२४’ सुरु भएको छ । शुक्रबार काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल, रङ्गकर्मी पशुपति राई, महोत्सवका निर्देशक अनुप न्यौपाने र कलाकार सोमनाथ खनालले संयुक्त रूपमा महोत्सवको उद्घाटन गर्नुभएको थियो । 

मण्डला थिएटरका पूर्वविद्यार्थीहरू र थिएटरको संयुक्त आयोजनामा गरिएको महोत्सव असार २३ गतेसम्म चल्ने छ भने यो पहिलो संस्करणसमेत हो । महोत्सवमा नाटकसहित नाट्यकला सिर्जनाकै सेरोफेरोमा रहेर प्यानल छलफल, कविता, सङ्गीत प्रस्तुति, समाचार नाटक जस्ता विधामा अन्तव्रिर्mयात्मक कार्यव्रmम प्रस्तुत भएका थिए ।

महोत्सवमा पहिलो दिन संयोग गुरागार्इंको निर्देशन रहेको ‘रेल्वे टु नोव्हेर’ र सागर कार्कीको लेखन तथा निर्देशन रहेको ‘अङ्कुरन’ मञ्चन भयो भने दोस्रो दिन श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशन रहेको ‘शिल्पिनी’ र प्रवीण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा नुग्धा मञ्चन भएका थिए । आइतबार अन्तिम दिन प्रीतिशा अधिकारीको लेखन तथा निर्देशन रहेको ‘अगम’ र अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर’, मञ्चन हुने छन् । नाटक हरेक दिन दिउँसो १२ र ३ बजे मञ्चन गरिने । महोत्सवका लागि १८ वटा कथाबाट आठ वटा कथा छनोट गरी १५ दिने प्रडक्सन वर्कसप गरेर अन्तिम छ वटा नाटकलाई मञ्चनका लागि छनोट गरिएको थियो ।